एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकामा प्रस्फुटन गराउने उद्देश्यले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम संस्थाको तालिम हलमा संस्थाका अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथि, व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक रविन्द्र प्रसाद कुसीको आतिथ्यतामा उपसमितिका संयोजक सर्मिला मानन्धरको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भयो ।
सार्वजनिक सम्बोधन कला तालिमको पहिलो दिन २०८२ असार १ गते प्रारम्भ भएको तालिम मिति २०८२ असार ०८ गते समापन भएको थियो । उक्त समापन कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवालले अहिलेको परिस्थितिमा सहकारी क्षेत्रमा आएको समस्याहरु निराकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरिएको नियमकिय मापदण्डले सहकारी अभियानलाई कमजोर र संकुचनमा ल्याउने भएकोले राम्ररी संचालन रहेको सहकारी संघ संस्थाहरुलाई पनि समस्याग्रस्थ हुने सम्भावना रहेको कुरा व्यक्त गर्नुभयो । यस वाक कला तालिमबाट सिकेका सिकाई आफ्नो जीवनको हरेक पाइलामा प्रयोग गरेको खण्डमा तालिमको सार्थकता हुने जनमानसको कुरालाई सकारात्मक रुपमा सुनि सकेपछि मात्र हामीले जनमानसको मनसाय बुझि हाम्रो कुरा सुनाउने वातावरण बनाउनु पर्छ भन्नुका साथसाथै संस्थाप्रति सदस्यले राखेको सकारात्मक सोचले गर्दा संस्था यहाँसम्म आइपुगेको र भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
यस सहकारी संस्थाले विगत र वर्तमानमा पनि हरेक कार्य सदस्य मुखि भई बचत तथा ऋणको कार्य मात्र नभई सामाजिक, साँस्कृतिक, तालिम, शिक्षा, स्वास्थ्य, व्यवसाय आदिको उत्थानको लागि कार्य गर्दै आएको व्यक्त गर्दै संस्थाका व्यवस्थापकले समापन तालिममा अझ सार्थकता दिनको लागि ७ अ को सिद्धान्तबाट पनि वाक कलालाई अझ राम्रो गर्न सकिने कुरा व्यक्त गर्नुभएको थियो भने संस्थाबाट आयोजित कार्यक्रमको उद्देश्य वित्तिय फाइदाको लागि नभएर सदस्यको व्यक्तित्व विकास गराई अप्रत्यक्ष रुपमा सदस्यहरुलाई आर्थिक उपार्जन गराउने कार्य भइरहेको समेत व्यक्त गर्नुभयो । सम्पुर्ण सहभागिले सिकेका ज्ञान सिप, कला अरुलाई हस्तान्तरण गरी नयाँ व्यवहार र सँस्कृति विकास गर्नुपर्ने धारणा राख्नु भयो ।
तालिमका प्रशिक्षक रविन्द्र प्रसाद कुसीले आफ्नो मन्तव्य पे्ररणादायिक कथाबाट सुरु गर्नुभइे अवसर भनेको बगेको खोलामा पात बगे सरि हो जसलाई हामीले टिपेर सहि रुपमा जीवनमा प्रयोग गर्नुपर्दछ । शिक्षक भनेको आफुसँग भएको ज्ञान सिपलाई सामथ्र्यले भ्याएसम्म विद्यार्थीलाई दिने व्यक्ति हो भने विद्यार्थी त्यो हो जसले प्राप्त गरेको ज्ञान सिपलाई आ–आफ्नो तरिकाबाट सदुपयोग गर्दछ । तालिममा सहभागि प्रशिक्षार्थीहरुले प्रारम्भको दिन र समापनको दिन सम्म आइपुग्दा धेरै प्रगति भएको कुरा व्यक्त गर्नुभयो । संस्थाले पनि यस्तो तालिम भविष्यमा गर्नुहुने आशा व्यक्त गर्नुभएको थियो ।
उक्त समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य एवं प्रशिक्षार्थी जमुना त्वानाबासुले स्वागत मन्तव्य, अनुभव मन्तव्यमा तालिममा सहभागि प्रशिक्षाथीहरु क्रमशः रामलक्ष्मी प्रजापति, रवि ध्वजु, जेनि दुवाल, बिष्णु केशरी ताम्रकारले गर्नुभएको थियो भने सो समापन कार्यक्रम संचालन प्रशिक्षार्थी संगिता पंचले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा २५ जना सहभागि सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । तालिमका सभाध्यक्ष सर्मिला मानन्धरले प्रमुख अतिथि, सम्पुर्ण सहभागि र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरि सभा विर्षजन भएको घोषणा गरि तालिम सम्पन्न गर्नुभयो ।