Shree Barahi Saving & Credit Co-operative Society Ltd.

हाम्रो परिचय

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड

भुलाँचा–०४, भक्तपुर

श्री बाराही साकोसको प्रोफाइल

“‘अनावश्यक खर्च नगराैं बचत बढाअैां सुनिश्चित भविष्यकाे लागि आजैदेखि बचत गरौं ।” भन्ने मुख्य नारासँग श्री बाराही बचत र ऋण सहकारी संस्था लिमिटेड २०५६ साल ४ महिना ४ गते स्थापना गरिएको हो। यस संस्थाको स्थापना सदस्यहरूलाई वस्तु र सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरिएको हो जसले सदस्यहरूकाे आर्थिक, सामाजिक, कला र साँस्कृतिक रुपमा चाैतर्फि विकास गराउनु रहेको छ ।

२७ वर्षदेखि श्री बाराही बचत र ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूको जीवनस्तर उकास्नका लागि सुधारिएको वित्तीय र अन्य सेवाहरू प्रदान गर्दै आएको छ। यसका लागि  सदस्यहरूलाई न्यूनतम ब्याजदरमा  ऋण सुविधा र समय सापेक्ष बचतमा व्याजदर प्रदान गर्दै आएको छ। समयको माग अनुसार यस संस्थाले संस्थागत सीप विकास तालिम, सहकारी विकास तालिम, स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कायक्रम तथा बासुरी बाजा तालिम गर्दै आएको छ । एक्सेस ब्रान्डिङ कार्यक्रम जस्ता संस्थागत व्यावसायिक तालिमहरू अपनाएको छ जसलाई नेफ्स्कुनले सञ्चालन गरेको हो।

संस्थाको गुणस्तरीय र सन्तोषजनक सेवाहरूका लागि यसलाई एक्सेस ब्रान्डद्वारा ४ वर्षसम्म अन्तर्राष्ट्रिय स्तरमा काँस्य (ACCESS BRONZE) पदक प्राप्त गर्न सफल सहकारी संस्था हाे । यस संस्थाले आगामी दिनहरूमा पनि आफ्ना सदस्यहरूलाई उत्तम सेवाहरू प्रदान गर्दै सामाजिक उत्थानमा योगदान पुर्याउदै जानेछ।”

हाम्रो भिजन

“सामुदायकाे पहिलो छनाैटकाे उत्कृष्ट वित्तीय सहकारी संस्था”

हाम्रो मिशन

“आधुनिक प्रविधि, प्रतिस्पर्धात्मक  गुणस्तरीय वित्तीय सेवा तथा क्षमता  विकासका कार्यक्रम माफर्त सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्ने।”

सहकारीको माध्यमबाट निश्चित उद्देश्य प्राप्तिको लागि एक आपसमा मिली कुनै कार्य गर्न गठन भएको समूह नै सहकारी संस्था भन्ने बुझन्छ। यसै मान्यतालाई आत्मसात् गरी समुदायमा रहेका आर्थिक रुपमा कमजोर व्यक्ति वा वर्गलाई बचत गराउने र आयमूलक तथा उत्पादनमूलक व्यापार व्यवसाय तथा उद्योगमा लगानी गर्न गराउन उत्प्रेरणा तथा सहयोग पुर्‍याई सामाजिक सेवामा सक्रिय एवं समर्पित रहने प्रतिबद्धताका साथ सहकारी ऐन २०४८ बमोजिम २६ जना संस्थापक सदस्यहरु मिलेर मिति २०५६ साल श्रावण ४ गते दर्ता नं. १।२०५६।०५७ बाट विधिवत दर्ता भई सेवा पुर्‍याउँदै आउको छ। संस्थाको स्थापना कालदेखि समुदायमा आधारित (Community Based) भै स्थानीय जनतालाई सहकारी सम्बन्धी चेतना दिई सदस्यतामा आबद्ध गराई सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्‍याउँदै आएको छ।

यस संस्थाले सहकारी मूल्य मान्यता तथा अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढाउने क्रममा संस्थालाई व्यवसायिक रुपमा विकास गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समयमा आयोजित गरेको सहकारी व्यवसायिक विकास कार्यक्रम, लघुवित्त कार्यक्रममा सहभागी भई संस्थागत विकास गर्न भरमग्दुर प्रयास गरिएको छ।

यस संस्थालाई सुदृढ गरी अझ व्यवसायिक बनाउने उद्देश्यले दक्षिण एसियाली क्षेत्रहरुमा एसियाली ऋण महासंघ (ACCU) ले सहकारी संस्थाको स्तर निर्धारण गर्ने क्रममा नेपालको बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये यस संस्था पनि FIRST ACCESS BRANDING मा सहभागी भै सहकारी संस्थाको स्तर निधारण गर्ने क्रममा रहेकोछ। सदस्यहरुको सहयोग सुझाबबाट संस्थाको स्तर निर्धाणमा सफल भै दक्षिण एसियालि मुलुकहरुमा यस संस्थाको छवी उच्च राखिन सकिनेमा दृढ विश्वास लिएको छ।