हायर पर्चेस ऋण
९.७५%
हायर पर्चेज (किस्ताबन्दी) ऋणः
संस्थाको स्वामित्वमा आउन सक्ने खालका निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । साथै घरायसीरुपमा प्रयोग गरिने मेशिनेरी सर सामानमा गरिने लगानी समेत यसै अन्तर्गत परिभाषित गरिनेछ ।
ऋण भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम ६ वर्षको हुनेछ ।
ऋण प्राप्त गर्ने आधारः
१. यस प्रकारको ऋण प्राप्तीको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो मासिक रुपमा आय हुनु पर्नेछ र निजी प्रयोजनको लागि भने स्थायी आयश्रोत खुलाउनु पर्नेछ ।
२. खरीद गरिने सवारी साधन ऋण चुक्ता नगरुन्जेल सम्मका लागि संस्थाको नाममा दर्ता कायम रहनेछ ।
३. ऋणीले सवारी साधनको नियमानुसार बीमा गर्नु पर्नेछ ।
४. ऋणीले सवारी साधनको कर नियमानुसार तिरी रहनु पर्नेछ ।
५. सवारी साधन दुर्घटना वा चोरी भएको हकमा ऋणी स्वयम् वा ऋणीको परिवारले त्यसको क्षति ब्यहोर्नु पर्नेछ ।
६. सदस्यले कम्तीमा ४० प्रतिशत स्वयम् लगानी गर्नुपर्नेछ र ५ बर्ष भन्दा पुरानो सवारी साधनमा लगानी गर्दा अनिवार्य रुपमा अचल सम्पत्ति धितो राख्नुपर्नेछ ।
७. नयाँ विधुतिय सवारी साधनमा ऋण लगानी गर्दा बढिमा ७० प्रतिशत सम्ममात्र ऋण लगानी गर्न सकिनेछ ।
ऋणको सिमाः
नयाँ ऋण लगानी गर्दा प्रति ऋण च्यासीस र बडि वरावर रकमको ६० प्रतिशत सम्म वा च्यासीस वरावर रकम भन्दा नवढ्ने गरि ऋण लगानी गर्न सकिनेछ ।
ऋण भुक्तानी तरिकाः
ऋणको भुक्तानी (सांवा तथा ब्याज) अनिवार्य मासिक किस्ताबन्दी हुनु पर्नेछ ।