Shree Barahi Saving & Credit Co-operative Society Ltd.

रोजगार धितो ऋण लगानीः

 रोजगार धितो ऋण लगानीः

रोजगार धितो ऋण लगानीः

रोजगार धितो ऋण लगानीः
कुनै सरकारी वा निजी कार्यालय, संघ, संस्था वा कम्पनीहरुमा स्थायी/नियमित कर्मचारी सदस्यहरुलाई खाइपाइ आएको तलवको आधारमा दिइने ऋणलाई रोजगार धितो ऋण भनिनेछ ।

ऋण लगानी गर्ने आधारः
स्थायी/नियमित कर्मचारीको रुपमा हुनुपर्नेछ ।
कार्यालय संघ संस्था वा कम्पनीवाट ऋणीले ऋणको किस्ता भुक्तानी गरिने आधारको लागि बार्षिक तलवको विवरण पेश गर्नुपर्नेछ ।
ऋणी सदस्यको मासिक तलवको २५ देखि ५० प्रतिशत बराबर रकम सम्म ऋणको किस्ता तिर्नु पर्नेछ ।

ऋणको अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम ३ बर्ष सम्मको हुनेछ ।

ऋणको सीमाः यस प्रकारको ऋणको सिमा ऋणी सदस्यको बार्षिक तलवको अधिकतम ७० प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी (सांवा,ब्याज) अनिवार्य मासिक किस्तावन्दीको रुपमा गर्नुपर्नेछ ।

ऋण लगानीः यस प्रकारको ऋण लागनी गर्न रोजगार धितो ऋण लगानी कार्यविधि अनुसार लगानी गर्नेछ ।