मोबाईल बैंकिङ सेवा
आ—आफ्नो स्थानवाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल प्रविधिवाट बित्तिय सेवाहरु लिन सकिने गरि बैंक तथा बित्तिय संस्थाले उपलब्ध गराएको डिजिटल सेवा/मोबाईल बैकिङ सेवालाई सदस्यहरुको माग अनुसार २०७५साल फागुन ५ गते देखि श्री बाराही साकोसवाट श्री बाराही स्मार्ट बैकिङ प्रविधि संचालनमा ल्याएको छ । यसवाट युटिलिटी र अन्य विल्स पेमेन्टहरु,फण्ड ट्रान्सफर,वालेटहरुमा रकम लोड गर्ने (E-sewa,Khalti) मोवाइल टपअप/भौचर, इन्टरने पेमेन्ट, टिभि पेमेन्ट, क्यूआर फोन पे जस्ता सेवाहरु थप भई यस सहकारी संस्थाले सदस्यहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ ।