Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित बचतः

 नियमित बचतः

नियमित बचतः

५.००%

विशेषताहरु :

प्रत्येक सेयर सदस्यहरूले अनिवार्य जम्मा गर्नुपर्ने छ ।
मासिक रू. १००/- वा सो भन्दामाथि कबोल गरेअनुसार जम्मा गर्नुपर्ने छ ।

नियमित बचत निरन्तर भएमा निम्न सुविधाहरू प्राप्त गर्न सकिने छ :
संस्थाले उपलव्ध गराउने सबै प्रकारका राहत सुविधा
संरक्षित पुँजी फिर्ता कोषको रकम
विभिन्न किसिमका तालिमहरू
विभिन्न किसिमका सम्मान तथा पुरस्कारहरू
बचत कारोबारका आधारमा ऋण सुविधा।
त्रैमासिक ब्याज खातामा मिलान

नियमित बचतको उद्देश्य
संस्थामा आवद्ध सदस्यहरुलाई नियमित रुपमा मासिक बचत गर्ने बानीको बिकास गराई बचत संकलन गरिने उद्देश्यले सदस्यहरुलाई अनिवार्य बचत गराउने नियमित बचत खाता संचालन गरेको छ ।

नियमित बचतको बिशेषता
क) नियमित शेयर खरिद गरेका सबै सदस्यहरुले नियमित मासिक बचत गर्ने
ख) नियमित बचतमा न्यूनतम रू.१००।– र अधिकतम आफ्नो क्षमता अनुसार मासिक नियमित बचत गर्नुपर्ने
ग) हरेक महिनाको बचत अनिवार्य नियमित गर्नुपर्ने
घ) दिनगन्ति व्याज गणना त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।

नियमित बचतमा बिलम्ब शुल्क
क) हरेक महिनाको मासिक नियमित बचत मसान्त भित्र नगरेमा बिलम्ब शूल्क लाग्ने छ ।
ख) १ वर्ष भन्दा बढी नियमित बचत नगर्नेलाई संचालक समितिले तोकिए बमोजिम बिलम्ब शूल्क लिइनेछ । साथै लामाे समय सम्म बचत नगरेमा खाता निस्कृय हने छ ।
ग) १ वर्ष भन्दा बढी नियमित बचत नगर्ने सदस्यहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने छैन ।