शेयर बजार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा
व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको तर्फबाट मन्तव्य
- श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको सस्थागत जानकारीः
- सस्थागत गतिवधिको जानकारी ।
- सस्थागत वित्तीय अवस्थाको जानकारी ।
- वित्तीय साक्षरताको महत्त्व:
- “हाम्रा सदस्यहरूलाई बचत र ऋणमा मात्र सीमित नराखी आधुनिक पूँजी बजारसँग जोड्न
- सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउन परम्परागत बचतको दायरा फराकिलो बनाउन
- “हाम्रा सदस्यहरूले दुःख गरेर आर्जन गरेको पूँजीलाई सही ठाउँमा लगानी गरी उचित प्रतिफल प्राप्त गरुन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।”
- सुरक्षित लगानी:
- शेयर बजारमा उच्च प्रतिफलको सम्भावना भए पनि जोखिम पनि उत्तिकै रहने हुँदा, अरूको लहलहैमा नलागी कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर मात्र लगानी गर्न सुझाव ।
- शेयर बजारमा बुझेर मात्र लगानी गर्न सुझाव :
- “शेयर बजार जुवा होइन, यो एक सुझबुझपूर्ण लगानीको क्षेत्र हो। कम्पनीको वित्तीय प्रतिवेदन, नाफा-नोक्सान र भविष्यको योजना हेरेर लगानी गरेमा जोखिम न्यून हुन्छ।”
- प्रविधिको प्रयोग:
- हाल शेयर कारोबार पूर्ण रूपमा डिजिटल भइसकेको अवस्थामा सदस्यहरूले आफ्नै मोबाइलबाट घरमै बसेर सुरक्षित रूपमा कारोबार गर्ने गरेको ।
- अहिलेको समयमा मेरो शेयर र अनलाइन ट्रेडिङ प्रणालीले घरमै बसेर शेयर खरिद-बिक्री गर्न सहज बनाएकोले प्रविधिमैत्री बन्न आग्रह गर्दछु।
- “प्रविधिको ज्ञान अभावमा कसैले पनि ठगिनु नपरोस् र अवसर नगुमोस् भन्नेमा हामी सचेत छौँ,”
- सहकारी र सदस्यबीचको सम्बन्ध:
- सहकारी केवल बचत गर्ने र ऋण लिने थलो मात्र नभई सदस्यहरूको समग्र वित्तीय सल्लाहकार पनि हो।
- सहकारीले सदस्यहरूको आर्थिक उत्थानका लागि आगामी दिनमा पनि सदस्यहरूको हितका लागि यस्ता प्राविधिक शिक्षा र वित्तीय साक्षरता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने र लगानीका विविध क्षेत्रबारे जानकारी गराइरहनेछ ।
- सस्थाको नियमानुसार सहकारीवाट ऋण सेवाको लागी ऋण माग पनि गर्न सकिने छ ।
- धन्यवादः
- इम्पपेरियल सेक्युरिटिजलाई प्राविधिक सहयोगका लागि धन्यवाद दिँदै सहभागी सदस्यहरूलाई तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न समेत आग्रह गर्दछु ।
- तपाइहरुले ढुक्क भएर तर सचेत रहँदै शेयर बजारमा प्रवेश गर्न शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद जय सहकारी