
भक्तपुर, २०८२ श्रावण ४ गते आईतवार
भक्तपुरको गःपली स्थित भक्तपुर पार्टी भेन्यूमा श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि को २७औं स्थापना दिवस तथा प्रशंसा पत्र वितरण कार्यक्रम संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत भएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले शुभकामना मन्तव्यमा सहकारी विभागले भर्खरै जारी गरेको सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनका लागि एकीकृत निर्देशिका २०८२ लागि विशेष जोड दिन्दै वोल्नु भएको थियो । वित्तीय संकुचन भइ यस्तो असहज परिस्थितिमा पनि लाभान्स दिन सक्ने गरि नाफामा वृद्धि गरि खराव ऋणलाई न्यूनीकरण गर्न सक्नु, तरलता व्यवस्थापन गर्न सकेको, नियमित मासिक बचतमा विशेष जोड दिने गरेको संस्थाको रुपमा चिनिने संस्था रहेकोले सबै सहकारीले यस्तो सुशासनका पक्षलाई अंगाल्दै अगाडी बढ्नु पर्ने विषयमा आफ्नो कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद सुवालले असार महिना सम्मको यथार्थ आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्ष देखि नै संस्थाले रणनीतिक योजना तय गरि संस्था संचालनमा भइ रहेकोले आगामी वर्षहरुका लागि पनि चालु आ.व. २०८२÷०८३ देखि लागु हुने गरि ८औं ४ वर्षे व्यवसायिक रणनीतिक योजना तयार गरेकोवारे कार्यक्रममा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेका विभिन्न सामाजिक क्रियाकलापका साथै सदस्य समुदायलाई दिइ रहेको सेवा सुविधाहरुवारे समेत यस वर्ष सामाजिक परिक्षण गर्ने जानकारी गराएको थियो ।
स्थापना दिवसमा प्रमुख अतिथिले संस्थाका संस्थापक २६ जानालाई सम्मान, नियमित मासिक बचत कर्ताहरु मध्ये मासिक एकजनाका दरले १२ महिनाको १२ जना नियमित बचत कर्ता र १२ जना बाल बचत कर्तालाई सम्मान स्वरुप मायाको चिनो र प्रशांसा पत्र समेत प्रदान गरेको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गर्नुभएको थियो । रक्तदान जीवनदान भन्ने नाराका साथ संचालित उक्त कार्यक्रममा बोल्दै राधेश्याम सुवालले रक्तदान कार्यले पुनजीवन दिने भएकाले यसलाई जीवनदान भनिएको बताउनुभयो ।
उक्त स्थापना दिवस कार्यक्रममा सभापति सुवालले संस्थाको स्थापनाका दिन श्रावण ४ गतेलाई जन्म दिनको रुपमा स्मरण गर्दै यस स्थापना दिवस सोहि दिनमा गरेको र निरन्तर रुपमा गरिन्दै जाने कुरा व्यक्त गर्दै परोपकार नै महान् पुण्य हो भन्ने भावना राखेर यस रक्तदान कार्यक्रम पनि राखिएको बताउनुभयो । उहाँले मन, वचन, र कर्मले सबैजना रक्तदान जस्तो महान कर्ममा लाग्न उत्प्रेरित गर्नुभयो । उक्त कार्यक्रममा सरिक २२ जनालाई जीवन बचाउनका लागि रक्तदान गर्नुभएका रक्तदातालाई प्रमाणपत्र समेत प्रदान गर्दै रक्तदाताहरु लगायत कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण संस्थापक, सदस्य, पदाधिकारीहरु र व्यवस्थापनका कर्मचारीलाई धेरै धेरै धन्यवाद व्यक्त गरेको थियो ।
१४० जना सदस्यहरु सहभागीता भएको स्थापना दिवस कार्यक्रम संचालक पुनेन्द्र प्रसाद कुसीले गरेको उक्त स्थापना दिवसमा उपाध्यक्ष बलराम प्रजापति, संस्थापक प्रतिनिधि पुण्यकृष्ण भुजु, लेखा सुपरिवेक्षण समितिका संयोजक वालकृष्ण नागा समेतले बोल्नु भएको थियो ।