Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । |

बाराही बचतमा चारदिने समाचार लेखन तालिम सकियो

चार दिने समाचार लेखन कला तालिम सम्पन्न ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थाका कर्मचारी र पदाधिकारीले विभिन्न गतिविधि, घटना, कार्यक्रमहरुलाई लिपीबद्ध गर्न र लेखन कला अभिबृद्धि गराउने उद्देश्यले संचालित चार दिने समाचार लेखन कला तालिम संस्थाको तालिम हलमा प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवाल, व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक प्रेम प्रजापतिको आतिथ्यतामा उपसमितिका संयोजक सर्मिला मानन्धरको सभाध्यक्षमा समापन कार्यक्रम सम्पन्न भएको छ ।

समाचार लेखन कला तालिम २०८२ असार १० गते प्रारम्भ भई १३ गते सम्पन्न भएको समापन कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवालले अहिलेको परिस्थितिमा सहकारी संस्थाका कर्मचारीहरु सक्षम शिक्षित र दक्ष हुनको लागि हरेकको तालिम र कला हुनु जरुरी भएको व्यक्त गर्दै कर्मचारीहरुको यो तालिमवाट प्राप्त कला, क्षमता अभिबृद्धिवाट सिकेका सिकाइलाई व्यवहार प्रयोग गरेको खण्डमा संस्थाले आयोजना गरेको तालिमको सार्थकता हुने धारणा राख्नु भएको थियो ।

संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन तालिममा संस्थाका पदाधिकारी र व्यवस्थापनका कर्मचारीहरुले संस्थाको हरेक लक्ष्य र विविध गतिविधिहरु सम्पन्न गर्ने भएकोले यो क्षमता अभिबृद्धि तालिमले थप सहयोग हुने बताउनु भयो । उहाँले प्रशिक्षार्थीले सिकेका ज्ञान सीप आफ्नो व्यवहारमा र संस्थाको प्रयोगमा ल्याउनु पर्ने विचार व्यक्त गर्नभयो । यस सहकारी संस्थाले सदस्यहरुको बृत्ति विकासका साथसाथै संस्थाका कर्मचारीहरुको पनि निरन्तर क्षमता अभिबृद्धि गर्न गराउनु पर्ने कुरामा विशेष जोड दिँदै आफ्नो धारण राख्नु भएको थियो ।

तालिमका प्रशिक्षक, प्राध्यापक एवं आर्थिक अभियान पत्रिकाका सम्पादक प्रेम प्रजापतिले सिक्ने सिकाउने कुरा कहिल्यै नटुङ्गिने विचार राख्नु भएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुले प्रारम्भको दिन र समापनको दिन सम्म आइपुग्दा धेरै प्रगति भएको कुरा व्यक्त गर्नुभयो । संस्थाले पनि यस्तो तालिम भविष्यमा निरन्तर गर्नुहुने आशा समेत व्यक्त गर्नुभएको थियो ।

उक्त समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य एवं प्रशिक्षार्थी रितु बासुकलाले स्वागत मन्तव्य, प्रशिक्षाथीहरु क्रमशः संगिता पंच, रवि ध्वजुले अनुभव मन्तव्य राख्नु भएको थियो भने सो समापन कार्यक्रमकाे संचालन प्रशिक्षार्थी रत्न केशरी सुखुपायोले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा १८ जना सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । तालिमका सभाध्यक्ष सर्मिला मानन्धरले प्रमुख अतिथि, अतिथि, सम्पुर्ण सहभागि र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरि सभा विर्षजन भएको घोषणा गरि तालिम सम्पन्न गर्नुभयो ।