Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न

सदस्यहरुको सहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन कार्यक्रम (२०८० चैत्र १७)

युवा, महिला र सदस्य तथा बचत उपसमितिको संयुक्त आयोजना मिति २०८० चैत्र १७ गते शनिवारका दिन संस्थाका सदस्यहरुलाईसहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन गर्ने उदेश्यले टोखा नगरपालिकाको सपन तिर्थमा बनभोज कार्यक्रम तथा धार्मिक स्थल अवलोकनमा चण्डेश्वरी मन्दिर दर्शन, बौडेश्वर महादेव मन्दिर, झरना र सपन तिर्थको अवलोकन कार्यक्रमा जम्मा १३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रमा सदस्य शिक्षा शिविर तथा वित्तिय साक्षरता कार्यक्रममा सहभागि सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं संचालक सचिव श्री राधेश्याम सुवालज्युले सहभागि सदस्यहरुलाई वित्तिय साक्षरता सम्वन्धी जानकारीमुलक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । संस्थाका व्यवस्थापक श्री शिवजी हाकुदुवालज्यूले संस्थाको सेवा सुविधा लगायतका सहकारी शिक्षा शिविर संचालन गर्नु भएको थियो । साथ साथै संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाज्यूवाट वनभोज कार्यक्रमको औचित्यता एवं सपन तिर्थको महत्ववारे व्यक्त गर्नु भएको थियो साथै संस्थाका संचालक श्री पुनेन्द्र प्रसाद कुसी समेतले संस्थाको वारेमा बोल्नु भएको थियो ।
विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म रहेको यस कार्यक्रमको यात्रामा जम्मा चार वटा बसको सहयोगमा यात्रा सफल भएको थियो ।