Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

Access Final Audit 2018

 

तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ

भक्तपुर,भक्तपुर नगर पालिका वडा नं—४ को यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संध लि.(NEFSCUN)को प्राविधिक सहयोग तथा एसियाली ऋण महासंघ (ACCU) द्धारा संचालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वातम छनौंट नै ACCESS कार्यक्रम हो ।

ACCU का Chief Technical Officer Ranjith Hettiarachchi द्धारा यस श्री बाराही साकोसको पहिलो ACCESS Audit गर्नु भएको थियो ।

अघिल्लो २०७२ साल पौष महिनामा ACCU का CEO Miss Elenita V.San Rogue(Leni) द्धारा दोश्रो पटक ACCESS Audit सम्पन्न गरी संस्थाले ACCESS Brand प्राप्त गरिसकेको थियो ।

२०७५ बैशाख १६ गने संस्थाको तालिम हलमा यस संस्थाको तेश्रो पटक ACCESS Audit 2018 सम्पन्न भएको थियो जस्मा ACCU का Member Service Officer Kamon Kiattisitikumpa तथा NEFSCUN का वरिष्ठ कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना,श्री बाराही साकोसका अध्यक्ष श्री बलराम प्रजापति,सचिव विश्वराम त्वायना,कोषाध्यक्ष एवं ऐक्सेस कार्यदलका संयोजक श्री राधेश्याम सुवाल,संचालक सदस्य रामकृष्ण ग्वाछा,रत्न केशरी सुखुपायो, शैलजा जोशी, लेखा सुपरिवेक्षण समितिका संयोजक श्री पुनेन्द्र प्रसाद कुसी, उपसमितिका पदाधिकारीहरुमा हिरा देवि लोहला,सत्य लक्ष्मी गाँईजू,लगायत संस्थाका व्यवस्थापक, प्रशासन प्रमुख,ऋण अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Kamon Sir ले ACCESS को ८६ वटै सूचकको विस्तृत विवरण वारे अध्यण गरी संस्थाको सकारात्मक पक्षहरुको वारेमा चर्चा परिचर्चा गर्नु हुँदै संस्थाले गरेको प्रगति प्रति खुशी व्यक्त गर्नुभएको थियो । ACCESS Audit सहजिकरण संस्थाका अध्यक्ष श्री बलराम प्रजापतिले गर्नु भएको थियो भने सुचकको विस्तृत विवरणको प्रस्तुती संस्थाका व्यवस्थापक श्री शिवजी हाकुदुवालले power point मार्फत गर्नु भएको थियो । अध्यक्षज्यू द्धारा मायाको चिनो हस्तान्तरण गरि Audit कार्यक्रम समापन गर्नु भएको थियो ।