Shree Barahi Saving & Credit Co-operative Society Ltd.

एक हप्ते स्वःश्रृंगार तालिम सम्पन्न ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को महिला उपसमितिको आयोजनामा मिति २०८३ जेठ ३१ गते एक हप्ते स्वः श्रृंगार तालिमको संस्थाको अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । महिला सदस्यहरुको व्यक्तिगत र व्यावसायिक जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने उद्देश्यले संस्थाको तालिम हलमा मिति २०८३ जेठ २४ गतेदेखि तालिम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवालले सो तालिमबाट व्यक्तिको बाह्रय रुपरेखा मात्र नभई उसको आन्तरिक आत्मविश्वास, व्यक्तित्व र व्यवसायिकतामा पनि निर्खार ल्याउने गर्दछ । जब आफु सफा, सुग्घर र व्यवस्थित देखिन्छ, तब उसको मनोबल र आत्मविश्वास स्वतः बढेर जान्छ यसले गर्दा आफुसँग भएको सीप, क्षमतालाई अझ उजागर गरि अगाडी बढ्नुपर्ने करा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिम÷कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभएको थियो ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन कार्यक्रममा स्वःश्रृंगार तालिम केवल ’राम्रो देखिनु’ मात्र होइन, यो आफूलाई ’सही र मर्यादित रूपमा प्रस्तुत गर्ने’ कला हो । यसले व्यक्तिको आन्तरिक क्षमतालाई बाहिर ल्याउन उत्प्रेरकको भूमिका खेदल्छ । श्री बाराही साकोसले वित्तीय कारोबारका साथसाथै सामाजिक, सांस्कृतिक र व्यवसायिक गतिविधिहरु गर्दै आइरहेको जानकारी गराउनुका साथै आगामी दिनमा हुने तालिम, शिक्षा कार्यक्रमहरुको बारेमा पनि जानकारी गराउनु भयो ।
प्रशिक्षक अमिता त्वातीद्धारा प्रशिक्षण गर्नुभएको तालिममा १६ जना सहभागिहरु मध्येबाट दुई जना रामेश्वरी गाँसी र लक्ष्मीश्वरी दुवालले छोटो समयमै प्रभावकारी तथा उपयोगी सीप सिक्न पाएकोमा संस्थाप्रति आभार प्रकट गर्दै सहकारीले यस्तो व्यावहारिक र सीपमूलक तालिमले आफु लगायत परिवारलाई समेत उपयोगी हुने कुरा व्यक्त गर्नुभएको थियो ।
संस्थाका कर्मचारी कृष्ण सुन्दर त्वायनाले संचालन गरेको कार्यक्रममा महिला उपसमितिका सदस्य गीता साख बाडेबाट स्वागत, उपसमितिका संयोजक चंचल कर्माचार्यबाट तालिम सफल गर्नको लागि सहयोग गर्नुहुने पदाधिकारीहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गरी उक्त तालिमको समापन गर्नुभएको थियो ।