Shree Barahi Saving & Credit Co-operative Society Ltd.

Basic AI Training for staffs

प्रविधिमा संस्थाका कर्मचारीहरुलाई अद्यावधिक गर्नका लागि हामीले AI (Artificial Intelligence) सम्बन्धी आधारभूत तालिमको सफलतापूर्वक संचालन गर्दैछौं। श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा स्वास्थ्य उपसमितिकाे आयोजनामा ३ दिने एआइ(Artificial Intelligence) सम्बन्धी तालिम २०८२ फागुन १३ गतेबाट शुरु भयो, जुन क्षमताको वृद्धि गर्ने एक महत्वपूर्ण कदम हो। पछिल्लो समय प्रविधि जगतमा सबैभन्दा चर्चित प्रविधि एआइ(आर्टिफिसियल इन्टेलिजेन्स) हो, जुन यथार्थमा कुनै पनि डेटाको अर्थ अझ स्पष्ट र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता राख्दछ। तालिममा अनिल पाउँ र गोपाल किसिले उत्कृष्ट प्रशिक्षण प्रदान गरेका छन् र पहिलो दिन २२ जनाले सहभागीता जनाएका छन्। यो तालिमले सहभागीहरूलाई एआइका आधारभूत थ्योरी र यसका विभिन्न अनुप्रयोग सम्बन्धी जानकारी प्रदान गर्ने छ, जसले उनीहरूको ज्ञान र दक्षता दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।