Shree Barahi Saving & Credit Co-operative Society Ltd.

NCRA CERTIFICATE

राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट प्राप्त संस्थाको सञ्चालन इजाजत पत्र ।

भक्तपुर भुलाँचा स्थित यस श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले मिति २०८२ फागुन १२ गते ‘सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ । प्राधिकरणले २०८२ मंसिर १० गतेदेखि सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण खुला गरेको हो सो अनुरुप राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई इजाजतपत्र प्रदान गर्दै आएको छ । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले पनि बचत ऋणको कारोबार गर्नको लागि उक्त निकायबाट इजाजतपत्र प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस संस्थालाई इजाजतपत्र प्रदान गरेको प्राधिकरणले जनाएको छ । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं. २०५६–००३८३ रहेको छ । संस्थाको कार्यक्षेत्र साविक भक्तपुर नगरपालिकाको १ देखि १७ वडाहरु,

साविक दधिकोट, कटुन्जे,गुण्डु, सिपाडोल,नंखेल, चितपोल गा.वि स पुरै,

साविक दुवाकोट, झौखेल, छालिङ्ग, नगरकोट, वागेश्वरी, सुडाल, ताथली गा. वि.स. पुरै,

साविक मध्यपुर थिमी नगरपालिको साविक वडा नं ३ मा कार्यक्षेत्र विस्तार गरिएको व्यहोरा सहितको सञ्चालन इजाजतपत्र प्रदान गरिएको छ ।