SCAN progm onsite Spervision
नेप्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत श्री बाराही साकोसमा सुमनराज घिमिरेको नेतृत्वमा नेफस्कूनद्धारा मिति २०८२ माघ २७ गते स्थलगत सुपरिवेक्षण तथा अनुगमन सम्पन्न भएको छ ।
भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित SCAN –Supervisory Checks and Analysis for Navigation_ नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षाको मुख्य चुनौतीलाई मध्यनजर गरि भक्तपुरको सूर्यविनायक भुलाँचा स्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. मा सघन स्थलगत सुपरीवेक्षण अनुगमन तथा प्राविधिक विश्लेषण कार्य सम्पन्न भएको छ ।
संस्थाको वित्तीय सुरक्षा, सुशासन र सञ्चालन प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यले नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र सुपरीवेक्षण सहजकर्ता नमुना साप्कोटाले संस्थाको स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमन तथा सुपरीवेक्षणका क्रममा संस्थाको मुख्य वित्तीय सूचकहरू, जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, समिति र साधारण सभाको निर्णय पुस्तिका, डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गो ए एम एल मार्फत सम्पत्ति शुद्धिकरण निवारणको प्रभावकारतिा विष्लेषण र नीतिगत कार्यान्वयनको अवस्थाबारे सुक्ष्म विश्लेषण गर्नुभएको थियो ।
सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेप्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरु र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरुलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।
’स्क्यान’ कार्यक्रमले विशेषगरी सहकारीको जोखिम न्यूनीकरण र दिशाबोध (Navigation) मा जोड दिने भएकाले, अनुगमनका क्रममा प्राप्त तथ्याङ्कका आधारमा संस्थाको वर्तमान अवस्थाको ’स्वस्थता परीक्षण’ गरिएको थियो । सो अवसरमा अधिकृत घिमिरेले संस्थाका सञ्चालक समिति र व्यवस्थापन पक्षसँग छलफल गर्दै सहकारीलाई सुरक्षित र सदस्यकेन्द्रित बनाउन सुधार गर्नुपर्ने प्राविधिक पक्षहरूबारे सुझाव प्रस्तुत गर्नुभयो ।
संस्थाका संचालक र व्यवस्थापन टिमबाट प्राप्त सुझावहरुलाई तत्काल सुधार कार्ययोजना तया रगरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको छ स सहकारीप्रति सदस्य तथा समुदायको विश्वास कायम गर्न यस संस्थाले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई विशेष प्राथमिकतामा राख्दै संस्था आगाडी बढ्ने प्रतिबद्धता जानएको छ । साथै संस्थाले आफ्ना सदस्यहरूको बचतलाई सुरक्षित राख्दै व्यावसायिकता कायम गर्न नेफ्स्कूनको यो प्राविधिक सहयोग महत्वपूर्ण रहने विश्वास लिएको छ । श्री बाराही साकोसले विगतदेखि नै सुशासन र सुरक्षामा विशेष ध्यान दिँदै आएकोमा यस्ता नियमित अनुगमनले संस्थाको विश्वसनीयता थप बढ्ने निष्कर्ष निकालिएको छ ।