Shree Barahi Saving & Credit Co-operative Society Ltd.

अर्धवार्षिक समिक्षा गाेष्ठी सम्पन्न

अर्धवार्षिक समिक्षा गाेष्ठी सम्पन्न

                                                                    cw{jflif{s ;dLIff uf]i7L sfo{qmd ;+rfng                   

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री राधेश्याम सुवालको सभाअध्यक्षतामा आज मिति २०८२ माघ १६ गते शुक्रवारका दिन संस्थाको नीति नियम, वित्तीय विवरण र संस्थागत गतिविधिको अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रम संचालन भएको हो । उक्त गोष्ठीमा पुँजी पर्याप्तता सम्वन्धी जानकारी मुलक कार्यक्रम समेत संचालनहुने वारे अध्यक्षज्यूवाट व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष वलराम प्रजापतिवाट स्वागत गर्नु भएको थियो भने उदघाटन कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक वालकृष्ण नाग, सचिव विष्णु प्रसाद सुावल, कोषाध्यक्ष रत्नकेशरी सुखुपायो समेतले पनि आ आप्mनो धारण राख्नु भएको थियो । 

यस कार्यक्रमका मुख्य विषयहरू यस प्रकार रहेका छनः

वित्तीय प्रगति प्रतिवेदनः संस्थाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हासिल गरेको बचत संकलन, ऋण लगानी र मुनाफाको समीक्षा गरेको छ । 

सुशासन र नीतिः व्यवस्थापक शिवजी हाकुदुवालका अनुसार संस्थाले सहकारी ऐन, नियम र आचारसंहिता पालना गर्दै सुशासन (Good Governance)

कायम गर्न विभिन्न नीतिहरू कार्यान्वयन गरिरहेको व्यक्ति गरिएको छ । 

तालिम र क्षमता अभिवृद्धिः अर्धवार्षिक अवधिमा संस्थाले आफ्ना कर्मचारी र पदाधिकारीहरूका लागि समाचार लेखन तालिम जस्ता क्षमता विकासका कार्यक्रमहरू समेत आयोजना गरेको थियो, जसको उद्देश्य संस्थाका गतिविधिहरूलाई प्रभावकारी रूपमा लिपिबद्ध गर्नु थियो । 

सामाजिक उत्तरदायित्वः समीक्षा अवधिमा संस्थाले लाभान्स सँगको सहकार्यमा पाठेघरको क्यान्सर परीक्षण र सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । 

शिक्षा र सचेतनाः संस्थाले सेयर सदस्यहरूका लागि सेयर बजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । 

                              Mental Health Awareness Program                                  

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समिक्षा गोष्ठीमा सहभागि पदाधिकारीहरु, आफ्ना सदस्यहरू र समुदायको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै मानसिक स्वास्थ्य सचेतना कार्यक्रम Mental Health Awareness Program_ आयोजना गरेको छ । 

यस कार्यक्रमका मुख्य विवरणहरू निम्नानुसार छन्ः

प्रस्तोता Presenter_M Past president of Lions Club
of Bhaktapur pharmacists and zone Chairperson of Lions international districts
325G.
 का सजिना प्रजापतिले मुख्य प्रस्तुतीकरण तथा सहजीकरण गर्नुभएको थियो ।

उद्देश्यः कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त मानसिक स्वास्थ्य सम्बन्धी भ्रमहरूलाई चिर्नु र मानसिक तनाव व्यवस्थापनका उपायहरू सिकाउनु भएको थियो । 

विषयवस्तुः कार्यक्रममा दैनिक जीवनमा आइपर्ने मानसिक समस्या, तिनको पहिचान, र समयमै उपचारको महत्वबारे प्रस्तुत गरिएको थियो ।

सहकार्यः संस्थाले समय–समयमा लायन्स क्लब र अन्य स्वास्थ्य संस्थाहरूसँग मिलेर यस्ता स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सहभागि पदाधिकारीहरुले छलफल तथा प्रश्नहरुमा पनि सहभागि भई आ आफ्नो जिज्ञासा मेटाउनु भएको थियो । मानसिक स्वास्थ्य सचेतनाको यो छोटो कार्यक्रमले जिज्ञासुहरुको भनाइ अनुसार थप शिक्षा प्राप्त गरेको र फलदायी भएको पनि धारणा राख्नु भएको थियो ।

                                               पुँजी पर्याप्तता सम्वन्धी जानकारीमूलक कार्यक्रम ।                                 

पुँजी पर्याप्तता (Capital Adequacy Ratio and Effective interest rate  & Expected credit loss) सम्वन्धी जानकारी मुलक कार्यक्रममा सहजकर्ताको रुपमा चार्टड एकाउन्टेन्ट बिजय सुकुपायोवाट उपस्थिति सम्पूर्ण पदाधिकारीहरुलाई जानकार गराउनु भएको थियो । यसले संस्थाको पुँजी पर्याप्तता भए नभएको आफै जानकार हुनु पर्ने भनि बुझाउनु भएको थियो ।

                                            अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न । .                                          

भक्तपुर  । २०८२ माघ १६ गते श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८२।०८३को अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष राधेश्याम सुवालले संस्थाको अर्धवार्षिक समीक्षाले संस्थाको वित्तीय अवस्थाको प्रगति र वार्षिक कार्य योजनाको प्रगतिको अवस्थाबारे बोध हुने, नयाँ शिक्षण शिकाईको अनुभुति हुने र सस्थागत प्रगतिको कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सहयोग हुने जानकारी गराउनु भयो ।

सहकारी संस्था नीति नियम अनुसारको सुशासनमा संचालन भएमा संस्थामा जोखिम न्यून हुने भएकोले राष्टिय सहकारी नियमन प्राधिकरणको निर्देशन सहकारी ऐन र नियम बमोजिम भएकोले सो निर्देशनलाई स्विकार्य गरि अगाडी वढ्नु पर्ने धारणा राख्नु भयो । एक व्यक्ति एक सहकारीलाई आत्म साथ गर्न सदस्यहरुवाट दोहोरो सदस्यका कारणले सदस्यता खारेज भएमा सदस्यता खारेज गर्दै आएको व्यक्त गरे र नयाँ सदस्यहरुलाई संचालन समितिको निर्णय पस्चातमात्र सदस्यता प्रदान गरेको जानकारी गराइयो ।

संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले स्वागत मन्तव्य राख्दै संस्थाको आ.व. २०८२।०८३ को बार्षिक योजना तथा कार्यक्रम एवं बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्धबार्षिक समीक्षा कार्यक्रम राखिएको बताए ।

संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले पुषमसान्तसम्मको समिक्षात्मक वित्तीय प्रगति अवस्था प्रस्तुत गरियो । उनले हाल ऋण लगानीको वातावरण नहुँदा संस्थामा अत्याधिक तरलता बढेको र बैंक बित्तीय संस्थाले व्याजदरमा न्युनदर प्रदान गरेकोले तरलताको व्यवस्थापनमा सकस परेको जानकारी गराउनु भयो ।

उनले नेफ्स्कूनवाट संचालित नियमित निरिक्षण तथा अुगमन कार्यक्रम (स्क्यान) SCAN कार्यक्रम अन्तरगत साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला (CURIMA 360) को वारेमा आगामी कार्ययोजन तथा प्रतिवद्धताको प्रस्तुती गरियो ।

साथै उनले संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई निरन्तर तालिम तथा शिक्षा प्रदान गराई क्षमता अभिवृद्धि गराउनु पर्नेमा जोड दिन्दै प्राधिकरणले जारी गरेको पुँजी पर्याप्तता अनुपात विश्लेषण गर्ने तरिकावारे प्रस्तुत गरि संस्थाको पुष मसान्तको पुँजी पर्याप्तता अनुपात १६।६७ प्रतिशत अनुपात रहेको जानकारी गराउनु भयो । आगामी समिक्षामा NFRSको पूर्ण कार्यान्वयनका लागि Expected Credit loss / Effective Interest Rate Calculation को वारे थप अभिमुखिकरण गराउने वा गराउनु पर्ने  प्रस्तुत गरे ।

सहकारी संस्थाका वरिष्ठ कर्मचारी राजमति सुवालले पुषमसान्तसम्मको ऋण लगानी तथा असुलीको प्रगति प्रस्तुत गरे । संस्थामा ऋण परिचालनमा न्यूनीकरणका कारणले तरलता अधिक रहेको हुनाले ऋण परिचालनमा लचिलो बनाउनु पर्ने व्यक्त गरियो ।

संस्थाका वरिष्ठ कर्मचारी कल्पना दुवालले पुषमसान्तसम्मको योजना तालिम तथा कार्यक्रम प्रगति प्रस्तुत गरे । उनले पुषमसान्त सम्मको संस्थाको आयोजनामा सम्पन्न तालिम कार्यक्रमहरु तथा संघहरुवाट आयोजित तालिम कार्यक्रमहरुमा सहभागि विवरण प्रस्तुत गरे ।

संस्थाका लेखा अधिकृत श्रीकृष्ण ख्याजुले अर्धवार्षिक समीक्षमा संस्थाको वासलात एक अर्ब तीन करोड नाघेकोे प्रस्तुत गरियो । संस्थामा ऋण परिचालनमा न्यूनीकरण भएकोले तरलता अधिक रहेको बैक वित्तीय संस्थावाट प्रदान गर्ने व्याजदरमा न्यून रहेकोले नाफामा असर भएको प्रस्तुत गराइयो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण नागा, संचालक पदाधिकारीहरु विष्णु प्रसाद सुवाल, विश्वराम त्वायना, पुनेन्द्र प्रसाद कुसी, पुर्ण प्रसाद दुवाल,सृजन ग्वाछा, सर्मिला मानन्धर, चन्चल कर्माचार्य समेतले आ आफ्नो धारण राय सुझाव र आगामी कार्ययोजनाको प्रतिवद्धता व्यक्त गदै संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठीमा बोल्नु भयो । संस्थाको अर्धवार्षिक समीक्षामा समिति, उपसमितिहरु र कर्मचारीहरु सहित ३४ जनाको सहभागिता रहेको थियो ।