भक्तपुर, २०८२ पौष ९, international Year of Cooperatives 2025 काे Global theme Cooperatives build a better world अनुसार श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिवाट प्रकाशित लेखक रभिम कपाली द्धारा लिखित नयाँ पुस्तक सांस्कृतिक बाँसुरी बाजा बोल नामक पुस्तक भव्य रुपमा संस्थाको तालिम हलमा विमोचन गरिएको छ । नेपाली मौलिक वाद्यवादनको क्षेत्रमा अनुसन्धानमूलक कृतिको रुपमा यस पुस्तकलाई सार्वजनिक गरिएको हो । उक्त पुस्तकको विमोचन प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवाल र लेखक रभिम कपालीबाट संयुक्त रुपमा गर्नुभएको हो ।
प्रमुख अतिथि राधेश्याम सुवालले पुस्तकको विमोचन गर्दै नेपाली लोक र शास्त्रीय संगितमा बासुरीको विशिष्ट स्थान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो मौलिक पहिचान बोकेका बाजाहरु लोप हुँदै गएको अवस्थामा यो पुस्तकले नयाँ पुस्तालाई बाँसुरी सिक्न र यसको इतिहास बुझ्न ठूलो मदत पु¥याउनेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले नेपाली मौलिक बाजा बासुरीको संरक्षण र नयाँ पुस्तालाई यसबारे जानकारी दिन यो पुस्तक कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
लेखक रभिम कपालीले आफुले लामो समयको अनुसन्धान र दशकांै लामो सांगीतिक अनुभवलाई लिपिवद्ध गर्दै बासुरी सिक्न चाहने जोकोहीका लागि सरल मार्गदर्शक बनोस् भन्ने उद्देश्यले यो पुस्तक तयार पारेको उल्लेख गर्नुभयो । उक्त पुस्तकमा बाँसुरी प्रयोग, प्रकार, बजाउने बैज्ञानिक पद्धति र विभिन्न नेवारी गीतहरुको बोलको बारेमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले स्वागत मन्तव्य राख्दै संस्थाले केवल बचत तथा ऋणको मात्र कारोवार नभई यो सामुदायिक सहकारी संस्था भएकोहुनाले समुदायको विकास र समुदायको आर्थिक उत्थानका साथ साथै बाँसुरी हाम्रो माटोको सुगन्ध बोकेको बाजा भएका कारण नेपाली कला, संस्कृतिको संरक्षण गर्नु पनि हो भनी नेपाल पर्यटकीय दृष्टिकोणले मठमन्दिर, प्राकृतिक सौन्दर्यता, कला, संस्कृति र बाजागाजामा धनी देश हुनाले नेपाली मौलिक बाजा र संस्कृतिको संरक्षण गर्ने संस्थाको अभियान अन्तर्गत यो पुस्तक प्रकाशन गरिएको बताउनुभयो । उहाँले यस पुस्तकमा क्ष्क्द्यल् नम्वर सहित राखिएकोले बाँसुरीको गरिमालाई अन्तर्राष्ट्रि««य स्तरसम्म पु¥याउन यो पुस्तकले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाराही बाँसुरी बाद्यकहरुले बासुरीको सुमधुर धुन प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक माहोलमा गुञ्जायमान बनाएको यस विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, कलाप्रेमीहरु तथा बासुरी वाद्यकहरु र संस्थाका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिले बजारमा ल्याएको यो पुस्तक आजैका मितिदेखि प्रकाशक र लेखकवाट प्राप्त गर्न सक्नुहुने छ ।
कार्यक्रममा अमित खोंजु, राजमति सुवाल लगायत संस्थाका पदाधिकारी सदस्यहरुले समेत वोल्नु भएको थियो । संस्थाको सांस्कृतिक तथा खेलकुद उपसमितिका संयोजक एवं सभाध्यक्ष सृजन ग्वाछाले कुनै पनि कृतिको जन्म हुनु भनेको एउटा नयाँ विचार र भावनाको उदय हुने भएकोले यस पुस्तकले नेपाली साहित्यको भण्डारमा एउटा दरिलो इट्टा थपेको महशुस व्यक्त गर्दै सम्पुर्ण उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्व र सदस्यहरुलाई धन्यवाद दिन्दै कार्यक्रम समापन गर्नु भएको छ ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.
भुलाँचा ४, भक्तपुर,
०१६६११३६४,९८४१९९५१६३