CUDCC TRAINING -2081

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि को प्राविधिक सहयोगमा संस्थाका नवनिर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको सहभागितामा संचालक समितिको क्षमता विकास  CUDCC तालिम सञ्चालन भइरहेको छ । मिति २०८१ पौष २४ देखी होटल चौतारी नगरकोटमा संचालन भइरहेको तालिमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र तालिम अधिकृत श्याम राजा तिमल्सिनाले गरिरहनुभएको छ । नवौ कार्यकाल मिति २०८१ असोज १२ मा निर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले यस तालिम सञ्चालन आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष श्री राधेश्याम सुवालज्युको सभापतित्वमा संचालन भएको उद्घाटन सत्रमा संस्थाका उपध्यक्ष श्री बलराम प्रजापती ज्यूले स्वागत गर्नु भएको थियो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बालकृष्ण नागा, व्यवस्थापक श्री शिवजी हाकुदुवाल र सचिव श्री विष्णु प्रसाद सुवाल ज्युले समेत आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । २९ जनाको सहभागिता रहेको उक्त तालिम २७ गते सम्पन्न हुने छ ।