पाठेघर परिक्षण तथा परामर्श सेवा २०७९ मसिर १७ गते सचालन हुदैछ । सवारी साधान तथा व्ल्युवुक नविकरण सेवा उपलव्ध । Fonepay Services & mobile Banking Services also available here. Fixed Deposit interest rate 3mth 11.5%, 6mth 12% and 1yrs 12.5%. & 13% Niyamit Bachat 9% Bal Bachat 10% २०७९।०६।०१ गते 23 आै वार्षिक साधारण सभा सम्पन्न । 2079 कार्तिक 16 देखि माघ 15 गते सम्म Counter Service 10am to 3pm and Office Hour from 10 am to 4pm. बिदाकाे दिन बिहानी काउणटर सेवा बिहान 7 बजे देखि 10बजे सम्म स‍चालन हुनेछ ।

श्री बाराही साकोसको २३औं स्थापना दिवस कार्यक्रम सम्पन्न ।
फागुन,२० गते शुक्रवार, श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि को २३औं स्थापना दिवस भक्तपुर नगरपालिका प्रमुख श्री सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा, विशेष आतिथी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजु र संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिका प्रमुख श्री सुनिल प्रजापतिले भक्तपुरमा सहकारीको अनुगमन कार्यवाट भक्तपुरको स्थानिय सहकारी ऐन नियम विपरित संचालनमा आएको बहुउद्देश्ययी सहकारी संस्थाले विकृती ल्याउन सकिने भएको हुनाले विकृती ल्याउने सहकारी संस्थालाई निरुत्साहित गर्नु पर्ने व्यक्त गर्नभएको थियो । साथसाथै भक्तपुर कला, संस्कृती, स्वास्थ्य, शिक्षामा विशेष जोड दिइ अगाडी बढिरहेको समेत जानकारी गराउन्दै बैक भन्दा वित्तिय संस्थामा सेवा सविधामा फरक हुनु पर्ने एवं सहकारी व्यापार गर्ने थलो नभई सेवा र समुदायको उत्थान गर्ने उद्देस्य वोक्नु पर्ने र इज्जत प्रतिस्थालाई पैसा संग दाज्नु नहुने व्यक्त गर्नु भएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजुले पनि कार्यक्रमा वित्तिय, उपभोक्ता, उत्पादनमुलक र बहुउद्देश्यीय गरी चार प्रकारका सहकारी संस्थाको भुमिका वारे जानकारी गराउनुको साथ साथै सहकारी विभाग र प्रदेशले प्रारम्भिक सहकारी संस्थालाइृ हेर्छ भनेर नबस्नु र हामी आफै सचेत भएर संस्था संचालनमा ल्याउनु पर्ने व्यक्त गर्नु भयो । मालपोतले लिने गरेको दस्तुर न्यायोचित नभएको समेत व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका व्यवस्थापक श्री बालकृष्ण ध्वजुवाट स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सदस्यहरुलाई सहकारी अन्तर्गत बचत तथा ऋण सम्वन्धी बित्तिय साक्षरता गराउनु भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्री राधेश्याम सुवाल, कर्मचारी श्री राजमति सुवाल समेतले बोल्नु भएको थियो । संचालक सदस्य श्री पुनेन्द्र प्रसाद कुसीले संचालन गरेको उक्त कार्यक्रममा जम्मा १५५ जना सदस्यहरुको उपस्थिति रहयो ।
२३औं स्थापना दिवसको अवसरमा संस्थाले बित्तिय साक्षरता, रक्तदान कार्यक्रम, सदस्य शिक्षा शिविर, ऋण सम्वन्धी अन्तरक्रिया, अमिलो वनाउने, ग्याँस चिल्हो मर्मत, झोल सावुन बनाउने, सेनिटाइजर हारपिक बनाउने तालिम, सदस्य सम्मान एवं प्रशंसा पत्र वितरण कार्यक्रम गरी स्थापना दिवस सम्पन भएको थियो ।बाराही साकोसले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा संस्थाका ७ जना बाल बचत कर्ता र ७ जना नियमित बचत कर्तालाई समेत सम्मान गरेको थियो ।