भक्तपुर नगरपालिका-४, भुलाँचामा आफनै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन संस्थाको लाभांश कोषवाट शेयर सदस्यहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्दै २०८१ असोज १२ गते शनिबार शुभकामना पार्टी प्यालेस सूर्यविनायक, भक्तपुरमा सम्पन्न भयो ।
सोही संस्थाका बयोबृद्ध सदस्य (सदस्य नं. १४४० का) आशबहादुर सुवालको प्रमुख आतिथ्यता, त्यसै संस्थाका अध्यक्ष विश्वराम त्वायनाको अध्यक्षता एवं नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ लि. का सञ्चालक खेमराज सुवेदीको विशेष आथित्यतामा सो साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा विशेष अतिथि बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शुभकामना मन्तव्य व्यक्त गर्दै ‘सहकारीको साधारण सभा भनेको सदस्य र सञ्चालकहरु बीच भलाकुसारी गर्ने थलोको रुपमा लिनुपर्दछ’, भन्नुभयो । सीपमुलक जनशक्ति निर्माण गर्नु पर्ने, समुदायमा आधारित सहकारी संस्थाले समुदायको चासोको विषयमा सीपमुलक व्यवहारिक शिक्षाको विकास गर्नु पर्नेमा जोड दिदै उहाँले उक्त साधारण सभाको सफलताको कामना व्यक्त गर्नु भएको थियो । उहाँले सरकारबाट जनताहरुलाई निशुल्क शिक्षा र स्वस्थ्यको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै विशेष अथिति नेफ्स्कूनका सञ्चालक खेमराज सुवेदीले भक्तपुरको सहकारी अभियान सफल रहेको बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुले संस्थाप्रति थप चासो देखाउनु पर्ने र सहकारी समस्यलाई न्युनिकरणमा बिशेष पहल गर्नु पर्नेमा विशेष जोड दिनुभयो ।
त्यसै अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्लले शुभकामना मन्तव्य व्यक् गर्दै वित्तीय संकुचितमा पनि तरलता व्यवस्थापन गर्न सकेको संस्थाको रुपमा श्री बाराही साकोसले आफूलाई चिनाएको बताउदै सदस्यको विश्वास दिलाउन सक्ने संस्थाले नियमित मासिक बचतमा विशेष जोड दिन संस्थाको रुपमा चिनिने गरेको बताउनुभयो । उहाँलृे सहकारीमा देखिएको समस्यामा सबैको एकजुट विचारघारालाई समस्या निराकरणमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
साधारण सभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष विश्वराम त्वायनाले दिगो सहकारीलाई आत्मसात गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रविधिवारे जानकारीमुलक कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताउनुभयो । समुदायमा आधारित भएर सञ्चालन भएकै कारण श्री बाराही साकोसले सदस्यहरुको विश्वास जित्न सफल भएको उहाँको भनाइ थियो ।
साधारण सभामा सो संस्थाका सचिव राधेश्याम सुवालले आर्थिक वर्ष २०८०/०८१ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुती, विनियम संसोधन प्रस्ताव, आन्तरिक नीति नियम संसोधन प्रस्ताव पारित तथा अनुमोदनका साथ साथै चालु आर्थिक बर्ष २०८१/०८२ मा सहकारी ऐन नियम बमोजिम रही पल्स मापदण्डको आधारमा सदस्य बृद्धि गर्ने, शेयर पूँजी बृद्धिलाई निरन्तरता दिने, बचत बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालीन वित्तीय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तीमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने बजेट प्रस्तुत गर्नुभयो ।
सभामा सो संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद सुवालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगत केही वर्षदेखि भक्तपुरमा यस सहकारीबाट लाभांश वितरण गर्दा लाभांश कोषबाट पुग्ने रकममा वितरण गरी नमुना कार्य गर्दै आएको र आर्थिक बर्ष २०८०/०८१ मा पनि यश संस्थाले लाभांश कोषको रकमबाट मात्र ८.२५ प्रतिशत लाभांश वितरण गरेको जानकारी दिनुभयो । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा नेपाल लेखामान अनुसार ल्ँच्क् प्रणलीमा लेखा परीक्षण गर्दाको गत असार मसान्तसम्म ९९ करोड ०७ लाख २२ हजार ९ सय ४५ रुपैयाको वासलात विवरण, नाफा नोक्सोन हिसावमा २ करोड ७ लाख ८९ हजार ५ सय ४० रुपैया कुल नाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले संस्थाको शेयर पुँजी ७ करोड ७९ लाख ७९ हजार ९ सय र सदस्य संख्या वाल वचत कर्ता समेत गरि ६ हजार ६ सय १० जना रहेको जानकारी दिनुभयो ।
सो अवसरमा श्री बाराही वचत तथा ऋण सहकारी संस्था लि.का वयोवृद्ध सदस्यहरुलाई प्रमुख अतिथिमा आमन्त्रण गर्दै वयोवृद्ध सम्मान गरियो ।
त्यसैगरी २०८० सालको एसईई (SEE) मा उत्कृष्ट जीपीए (GPA) का साथ उत्तीर्ण गरेका त्यस संस्थामा आवद्ध सदस्यहरु एवं संस्थाका सदस्य परिवारहरुका छोराछोरीहरुलाई एसईई सम्मान, संस्थाका उतकृष्ट ऋणी सदस्यलाई उत्कृष्ट ऋणी सम्मान, संस्थाको शेयर सदस्य र शेयर पूँजी बृद्धिमा योगदान पु-याउने उत्कृष्ट सदस्यलाई शेयर पूँजी बृद्धि सदस्य सम्मान लगायतका सम्मान गरियो ।साधारण सभा कार्यत्रःका सचालक श्री पुनेन्द पसाद कुसी र जनक पसाद न्याइच्याइले गर्नु भएकाे थियाे।
श्री बाराही साकसको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नव निर्वाचित पदाधिकारी र सदस्यहरु
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भुलाँचा, भक्तपुरको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि राधेश्याम सुवालको अध्यक्षतामा सञ्चालक समिति र बालकृष्ण नागाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको बताइएको छ । नवनिर्वाचित अध्यक्ष राधेश्याम सुवाल त्यसै संस्थाका संस्थापक अध्यक्ष र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का भूतपुर्व अध्यक्ष पनि हुनुहुन्छ । उहाँले सो संस्थाको शुरुवाती ३ कार्यकाल अध्यक्ष भएर र त्यसपछि संस्थाको सञ्चालक समितिको सचिव सहित विभिन्न पदमा रही कार्य गर्दै आउनुभयो । यसैगरी साधारण सभाले संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा बलराम प्रजापति, सचिवमा विष्णुप्रसाद सुवाल , कोषाध्यक्षमा रत्नकेशरी सुखुपायोर सदस्यहरुमा विश्वराम त्वायना, पुनेन्द्रप्रसाद कुसी, शर्मिला मानन्धर, कृष्ण प्रजापति, पुर्णप्रसाद दुवाल, सृजन ग्वाछा र चंचल कर्मचार्य तथा लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा लक्ष्मी जाकिबञ्जार र शिवराम मानन्धर सर्वसम्मत चयन भएको निर्वाचन उप-समितिले जनाकारी दिएको छ ।