सहकारी क्षेत्रमा देखा परेका बर्तमान समस्या समाधानका अचुक उपायहरु ः

 

संचालकीय जिम्मेवारी तथा दायित्व पक्ष ः
१.सदस्यहरुलाई शिक्षा शिविर निरन्तरता गर्ने ।

२.सहकारी संस्थाबाट निरन्तर सेवा प्रदान गर्ने ।
३. सदस्यहरुलाई ऋण लगानीमा रहको रकम असुलीलाई संचालक समितिवाट विशेष कार्यदल गठन गरि कार्य योजना बनाउने ।
४. संस्थाले सम्पत्ति तथा अन्य लगानीमा रहेको रकम विक्रि वितरण गरि तरलता व्यवस्थापन गर्ने ।
५. संस्थागत खर्च अत्यावश्यकमात्र खर्च गर्ने ।
६. संचालकहरु विच निरन्तररुपमा सम्पर्कमा रहने ।
७. संचालनहरु सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहने
८.सदस्यहरु भेटघाट हुने धेरै भन्दा धेरै सभा, सम्मेलन तथा कार्यक्रमहरु संचालन गर्ने ।

 

 

संचालकहरुले सदस्यहरुसंगको अपेक्षा वा अनुरोध ः
१.सदस्यहरुलाई ऋण असुली गर्नमा सहयोग माग्ने ।
२.नियमित बचतलाई विशेष प्राथमिकता दिने ।
३.सदस्यहरुलाई भ्रममा नराख्ने । संस्थाको यथार्थ विवरणहरु जानकारी गराउने ।
४.सदस्यहरुलाई पारिवारीक व्यवहार गर्ने । सदस्यहरुको सम्पर्क भन्दा टाधा नरहने ।
५.सदस्यहरु केहि समय कुर्नै र हेर्ने व्यवहारमा परिबर्तन गर्ने ।
६.संस्थाको नीति, नियम, ऐन, विनियमको थप अध्ययण गर्ने ।

व्यवस्थापन वा व्यवस्थापनले सदस्यसंगको समन्वय पक्ष ः
१. कर्मचारीलाई सक्षम र सवल र क्षमतावान बनाउने ।
२. कर्मचारीलाइ नहताउने वा राजिनामा माग नगर्ने ।
३. सदस्यहरुलाई सहयोग माग गरि सदस्य सदस्य भेटघाट गर्ने ।
४.सानो सानो रकमलाई फिर्तामा विशेष प्राथमिकता दिने ।
५.कार्यालय अनुकुल समयमा जस्तै संचालन गर्ने ।
६. सदस्य भेटघाट वा गुनासो सुनवाई कक्ष तयार गर्ने ।
७. सूचना सम्प्रेशनलाई विशेष पहल गर्ने ।
८. संचालकहरु संग हरेक दिन समय समयमा सम्पर्क समन्वय गर्ने ।
९.व्यवस्थापनवाट समुहमा विवेकपूर्ण कार्य गर्ने वा कदम चाल्ने ।
१०.व्यवस्थापनले आआफ्नो जिम्मेवारी बहन गर्ने ।

विभाग वा नियामक निकायमा सहयोग वा समन्वय पक्ष ः
१. विभाग वा नियामक निकाय संग निरन्तर सम्पर्कमा रही समन्वय गर्ने ।
२. माथिल्लो निकायका सघहरुसंग सम्पर्कमा रही समन्वय गर्ने ।
३. माथिल्लो निकायका सघहरुसंग आवश्यक ज्ञान,सेवा, काउन्सिल कार्यदलको गठन आदिको लागि मद्दत लिने ।

व्यवस्थापक
शिबजी हाकुदुवाल

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि
भुलाँचा—४,भक्तपुर