शिबजी हाकुदुवाल
व्यवस्थापक
सदस्यहरु माझ संस्थाको सूचना तथा गतिविधिहरु सम्प्रेषण गर्ने उद्देश्यले नियमित रुपमा बाराही इन्फो बुलेटिन प्रकाशित गरिंदै आएको छ। “आर्थिक समृद्धिका लागि बाराही सहकारी ” भन्ने मुल नाराका साथ अगाडी बढेको यस सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यहरुको आर्थिक समृद्धिको कार्यहरु गर्दै आएको यहांहरुमा विदितै होला । “आधुनिक प्रविधियुक्त प्रतिस्पर्धात्मक गुणस्तरीय वित्तीय सेवा तथा क्षमता विकासका कार्यक्रम मार्फत सदस्यहरुकोे आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्ने” ध्येयका साथ अगाडी बढिरहेको यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले देशको अर्थतन्त्रमा परेको यो वित्तिय समस्यामा पनि सदस्यहरुलाई निरन्तर बचत तथा ऋणको सेवा दिई सदस्यहरुको मन जित्न सफल भएको छ ।
सेवाको गुणस्तरमा श्री बाराही साकोस बैंक भन्दा कम छैनौं भन्छौं किनकी विभिन्न बैंक तथा वित्तिय संस्थाले ऋण लगानीमा रोक र बचत फित्र्तामा सीमा निर्धारण गरेता पनि यस श्री बाराही सहकारीले कोभिड महामारीको बेलामा र हाल विश्वको बित्तीय अवस्था अस्थिरताको बेलामा पनि ऋण लगानी र बचत कारोवारमा कुनै पनि बन्देज गरेको छैन । पूर्ण रुपमा बचत तथा ऋण सुचारु गरि रहेको छ । तसर्थ अन्य बैंक बित्तिय सेवाले दिने सेवाहरुका अलावा सदस्यहरुलाई निरन्तर सेवाहरु दिइँदै आएको छ ।
श्री बाराही सहकारी नियामकीय दायराभित्र रहेर पारदर्शी कारोवार गर्दै जिम्मेवार सहकारीको रुपमा अघि बढिरहेको छ । संस्थाले सेवा चुस्तदुरुस्त राख्नुपर्छ भनेर आवश्यक प्रविधिहरुमा पनि लगानी गरिरहेको छ । सदस्यहरुलाई यो सहकारी हाम्रो सहकारी हो भन्ने विश्वास र आभास दिइरहेको छ । अतः सदस्यहरुलाई सबल, सुरक्षित र गुणस्तरीय सेवा दिन सक्षम संस्थाको रुपमा परिचित छ । जसले गर्दा अन्तराष्ट्रिय प्रतिक एक्सेस ब्राण्ड पनि निरन्तर रुपमा प्राप्त गर्न सफल भएको यहाँहरुलाई अवगत नै छ ।
साथ साथै बजार सुहाउँदो प्रतिस्पर्धी व्याजदर,नियमित सदस्य शिक्षा, विभिन्न स्वास्थ्य शिविरहरु, समयमै बार्षिक साधारण सभा सम्पन्न गर्ने, अनिवार्य नियमित बचत गराउने, १८ प्रकारको बचत सेवा रहेको र ९ प्रकारको ऋण सेवा प्रवाह गरेको, प्रभावकारी सूचना सम्प्रेसन (पत्रपत्रिका, फेसबुक, वेभसाइट, सुचना पाटी, नोटिसवोर्ड सेवा आदीवाट गरेको),संस्थाको आफ्नै भवनवाट सदस्य सेवा प्रदान गरेको, तरलता व्यवस्थापनको लागि २४ वटा फरक फरक बैक वित्तिय संस्थाहरुमा बैक खाताहरु रहेको, सहकारी मूल्य मान्यता अनुरुप संचालन भएको, संस्थाको लागि आवश्यक नीति नियमहरुमा रही संस्था संचालन रहेको, संस्थाको नाउँमा आफ्नै जग्गा भवन रहेको, जगेडा कोष बलियो भएको, वित्तीय विश्लेषन सुचक पल्र्स माफडण्डको परिपालना गरेको संस्था हो ।
समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरुको पैसा सुरक्षित राख्ने भएकोले सदस्यहरुका ऋण र बचत सुरक्षित गर्नु छ भने अनावश्यक प्रलोबन, अपत्यारिलो व्याजदर, अन्य लोभ लालच आदीमा नपर्न समेत अनुरोध गर्दछौं ।
सहकारी संस्थाको भुमिका सदस्यहरुलाई सुसुचित गराउने र बैंकिङ पहुच नपुगेका सदस्यहरुलाई बैकिङ पहुच पु¥याउने र आत्मनिर्भर बनाउन एवं व्यवसायी बनाउन सहयोग गर्ने हो । यदि सहकारी संस्था नहुदो हो त बर्तमान समयमा पनि भूतकालमा जस्तै बचत तथा ऋणको लागि जनताहरुको पहुच बैंकिङ च्यानल सम्म पुग्न सकिन्दैन । त्यसैले यस सहकारी संस्थावाट गर्नु पर्ने यस्तो भुमिकाहरु निभाउनुका साथै सदस्यहरुलाई ऋण र बचतको सेवा मात्र नभई सदस्यहरु आफै मालिक बन्न सिकाउने र गरिवी र ऋण मुक्त गराउने कार्य पनि सिकाउँदै आएको छ ।
अन्य बैंक वित्तीय संस्थामा आफुले चिनेको ब्यक्ति नहुने हुनाले प्रक्रिया झंझतिलोे, बैकहरु मर्ज हुनुका कारणले कारोवारमा असहज हुनु, सकारात्मक व्यवहार नहुनु आदीबाट मुक्त हुन आफ्नै समुदायमा आधारित सहकारीबाट बचत तथा ऋण सेवा उपभोग गर्न परिचित व्यवस्थापनको सकारात्मक सेवा सुविधा प्राप्त गर्न समुदायमा आधारित सहकारी संस्थामा सदस्यता पाउनु भनेको भग्यमानी हुनु हो ।