पद हस्तान्तरण तथा २५औं वार्षिक साधारण सभाको समिक्षा कार्यक्रम सम्पन्न ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा–४, भुलाँचा भक्तपुरको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन मिति २०८१ असोज १२ गते शनिवार शुभकामना पार्टी प्यालेसमा संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाको सभापतित्वमा ७४.३0% सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त समारोहवाट ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचित घोषणा भएको थियो । जस अनुरुप मिति २०८१ असोज १५ गतेका दिन संस्थाका निवर्तमान पदाधिकारीहरु र नवनिर्वाचित पदाधिकारीहरु लगायत व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा निवर्तमान अध्यक्ष श्री विश्वराम त्वायनाबाट नवनिर्वाचित अध्यक्ष श्री राधेश्याम सुवाललाई र निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक श्री रुमन श्रेष्ठबाट नवनिर्वाचित संयोजक श्री बालकृष्ण नागालाई औपचारिक रुपमा पद हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो ।
पद हस्तान्तरण तथा साधारण सभाको समिक्षा एवं सिंहावलोकन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राधेश्याम सुवालले २५औं वार्षिक साधारण सभा निर्धारित समयमा सम्पन्न गर्न साथ सहयोग गर्नुहुने र निर्विरोध निर्वाचित गराउनु हुने सम्पुर्ण सदस्य, अतिथि, पदाधिकारी र व्यवस्थापनका कर्मचारीहरुलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै नवनिर्वाचित संचालक समितिका पदाधिकारीहरु सवैमा संस्थाको नीति, नियम, विधि, प्रविधि र संस्थाका पदाधिकारी भएर पालना गर्नु पर्ने जिम्मेवारी तथा दायित्वहरुलाई विशेष जोड दिन्दै अगाडी बढ्नु पर्नेे धारणा राख्नु भएको थियो । साथै सदस्य तथा सामाजको हितको लागि सहकारी संचालन हुनु पर्ने, सहकारीले समुदायमा आधारित भएर विभिन्न कार्यहरु सम्पादन गर्नु पर्ने, हालको परिस्थितिमा सदस्यको रकम सुरक्षित गर्ने जिम्मेवारी मुख्यत समुदायमा आधारित सहकारी संस्थाको रहेको बारेमा बोल्नु भएको थियो ।
२५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनको समिक्षा गरि कार्यक्रमका सबल तथा सुधार गर्नु पर्ने पक्षहरुको विश्लेषण गर्दै निवर्तमान अध्यक्ष श्री विश्वराम त्वायनाले समिक्षात्मक प्रस्तुतिका साथ आगामी दिनमा सुधार गर्दै जानुपर्ने जानकारी उपस्थित पदाधिकारीहरु सामु प्रस्तुत गर्नु भएको थियो ।
पद हस्तान्तरण तथा साधारण सभाको समिक्षा कार्यक्रममा नवनिर्वाचित लेखा सुपरिवेक्षण समितिका संयोजक वालकृष्ण नागाले पनि बोल्नु भएको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले गर्नु भएको थियो ।
+5
All reactions:

Satya Laxmi Pakanewar, Bishoram Twayana and 41 others