सहकारी संस्थाको सेवा प्रवाहमा नविनतम प्रविधिहरुको कार्यान्वयन
(डिजिटलमा रुपान्तरण)
व्यवस्थापक श्री शिवजी हाकुदुवाल
सहकारी संस्थाहरुको सुरुवाती चरणहरुमा कुनै डिजिटल सेवाहरु प्रयोग नगरि म्यानुअल कामहरुवाट नै संस्थाका कार्यहरु सम्पादन गरिन्दै आएको थियो । कोभिड —१९ले सहकारी संस्था र सदस्यहरुलाई नयाँ बानीको अभ्यास गराइदियो फलस्वरुप मानिसहरु एकै ठाउँमा बसेर धेरै ठाउँको कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने प्रस्ट भएको छ । घरमै बसेर कार्यालयका कामहरु गर्न सकिन्छ भन्ने देखियो । यसवाट के बझ्न सकिन्छ भने अब सहकारी संस्थाका सदस्यहरु सन् २०२१ भन्दा अगाडीको समयमा जस्तै कार्यालयमा भौतिक रुपमा उपस्थित हुन कम रुची राख्ने दखिन्छ । नयाँ पुस्ताका युवा वर्गका सदस्यहरुको एक अध्ययन अनुसार लगभग ५५ प्रतिशत ले अव सहकारीको कार्यालयमा उपस्थिति नभई सेवा उपभोग गर्न चाहन्छ भन्न् पुस्ति हुन्छ । बर्तमान समय डिजिटलको समय भएको हुनाले अवको प्रतिस्पर्धात्मक समयमा सहकारी संस्थाहरुले पनि डिजिटल रुपान्तरणमा लगानी गर्नै पर्ने देखिन्छ फलस्वरुप संस्था र सदस्यहरुविच निरन्तर जोडिरहन मद्दत पुर्याउने प्रस्त देखिन्छ ।
सहकारी संस्थाले प्रयोगमा नल्याएको वा ल्याउन नसकेको साथै सदस्यहरुले पूर्ण रुपमा बिश्वास नहुने, सदस्यहरुवाट उपयोग नगर्नेलाई यस कोभिड —१९ महामारीले सहकारी संस्थाका सदस्यहरुले पनि पूर्ण रुपमा डिजिटल बैकिङ सेवा प्रयोगमा आएको पाइन्छ । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले पहिले देखिनै मोबाईल बैंकिङ सेवा,म्यानुअल कामहरुलाई स्वचालित रुपमा सम्पादन गर्ने बैकिङ सफ्टवेयर प्रविधिको सुरुवात गरेका छन् तर यो यतिले डिजिटलाईज भएको मानिन्दैन र पर्याप्त छैन ।
विश्वमा डिजिटल रुपानतरको विषयलाई धेरै उजागर भइरहेको हुनाले नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाहरुलाई महत्वका बिषयमा चर्चा परिचर्चा भइरहको हुनाले श्री बाराही साकोसवाट पनि केहि डिजिटल प्रविधिहरुलाई आत्मसाथ गरि सदस्यहरु सामु डिजिटल प्रविधिको सेवा प्रवाह भइरहेको छ ।
यस सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको हुनाले हर हमेशा सदस्य सेवालाई प्राथमिकतामा दिइरहयो र थप सेवा र नविनतम सेवाहरुद्धारा बैकले दिने सेवा भन्दा फरक सेवाको अनुभुती दिलाईरहयो ।
अत विश्व परिवेशको चर्चा परिचर्चा संगसंगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषयलाई महत्वका साथ अगाडी बढाई रहेको पाइन्छ । कोभिड १९ महामारिले धेरै व्यवसायिक क्षेत्रमा असर गरेता पनि सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा भने अवसरहरु सृजना गरेको पाईन्छ । दशौं वर्ष देखि सहकारी संस्थाहरुले प्रविधियुक्त सेवाको वारेमा बहस गरिरहेको तर प्रविधिलाई आत्मासाथ गर्न गाह्रो भइ डिजिटल रुपान्तरणमा जान नसकेको परिपेक्ष्यमा यस कोभिड १९ को महामारीले उक्त सोचहरुलाई तिव्र गतिमा कार्यान्वयनमा ल्याउन मद्दत पुर्याएको छ ।
श्री बाराही साकोसले प्रयोगमा ल्याएका मुख्य डिजिटल प्रविधिहरु
१. मोबाईल बैंकिङ सेवा :-
आ—आफ्नो स्थानवाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल प्रविधिवाट बित्तिय सेवाहरु लिन सकिने गरि बैंक तथा बित्तिय संस्थाले उपलब्ध गराएको डिजिटल सेवा/मोबाईल बैकिङ सेवालाई सदस्यहरुको माग अनुसार २०७५साल फागुन ५ गते देखि श्री बाराही साकोसवाट श्री बाराही स्मार्ट बैकिङ प्रविधि संचालनमा ल्याएको छ । यसवाट युटिलिटी र अन्य विल्स पेमेन्टहरु,फण्ड ट्रान्सफर,वालेटहरुमा रकम लोड गर्ने (E-sewa,Khalti) मोवाइल टपअप/भौचर, इन्टरने पेमेन्ट, टिभि पेमेन्ट, क्यूआर फोन पे जस्ता सेवाहरु थप भई यस सहकारी संस्थाले सदस्यहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ ।
२. क्यु आर सेवा(FonePay)
यो सेवा एउटा बैकिङ क्षेत्रवाट अर्को बैकिङ क्षेत्रमा डिजिटल रुपमा पेमेन्ट गर्ने प्रक्रिया हो । यस सेवावाट छोटो समयमै एउटा बैकिङ क्षेत्रको खातावाट अर्काे बैकिङ क्षेत्रका खातामा सजिलै पेमेन्ट गर्न सकिनेछ । सदस्यहरुको कारोवारमा छिटो छरिटो र सजिलो बनाउने उद्देश्यले मिति २०७८ साल पौष महिनाको २५ गते देखि श्री बाराही साकोसवाट क्यु आर सेवा सुचारुमा ल्याएको सम्पूर्ण सदस्यहरुमा जानकारी गराइन्छ ।
३. रेमिटेन्स सेवा :–
Western Money Transfer, Hulas Remitance र ज्योति रेमितको सब एजेन्ट स्विकृती लिई बिदेशबाट पठाउको पैसा Western Money Transfer को माध्यमबाट झिक्न पाउने व्यवस्था र नेपालको विभिन्न भागको पैसा झिक्न र पठाउने व्यवस्था समेट श्री बाराही साकोसमा सुचारु भई रहेको छ । श्री बाराही साकोसमा Weatern Union, Himal Remit, Garima Remit, City Express, Suryadaya Remit, Easylink, Esewa Money Transfer, Kumari Remit, GME Remittance, IME, IPay Remit, Century Remit, JME Remit, Jyoit Remit, Lumbini Remit, Mega Remit, Muktinath Remit, Nepal Remit, Prithivi Remit, Nic Asia Remit, Remit 2 Remit, Samsara Ramit, Sanima Xpress, Sewa Remit, United Remit गरि २५ बटा रेमिट सेवा समेटको व्यवस्था गरेको छ ।
४. CFS REMIT(E-Billing) Services
संस्थाका सदस्यहरु विभिन्न निकायमा गएर लाइनमा बसि विल भुक्तानी गरि रहनु पर्ने झंझतवाट मुक्त गराउने उद्देश्यले संस्थावाटै NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन टेलिफोनको विल भुक्तानी सेवा, विधुत प्राधिकरणको विल भुक्तानी सेवा समेटको व्यवस्था सुचारु रहेकोछ ।