अध्यक्षको सन्देश

राधेश्याम सुवाल

यस श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन २०८१/०६/१२ गते सम्पन्न भयो । उक्त गरिमामय सभाबाट मेरो नेतृत्वमा ११ सदस्य संचालक समिति निर्विरोध निर्वाचित गराउनु भएकोमा संस्थाका सम्पुर्ण सदस्यज्यूहरुलाई धन्यवाद व्यक्त गर्दछु । संस्थाको दिगो विकास तथा सदस्य समृद्धिका लागि संस्थामा नियमित वित्तीय कारोबार तथा सहभागिता जनाउनु हुने पनि अपेक्षा गर्दछ ।

संस्थाले स्थानीय समुदायको आर्थिक सामाजिक एवं साँस्कृतिक विकासका लागि योगदान पु¥याउने लक्ष्य एवं उद्देश्यका साथ अगाडी बढ्ने संकल्प गरेको छ । सहकारी मुल्य मान्यता तथा सिद्धान्तमा आधारित भै राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा सहकारी क्षेत्रमा अपनाईने विधि, प्रविधि एवं नीति नियमलाई आत्मसाथ गरि अगाडी बढेको छ ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. सदस्यतामा आधारित भै व्यवसायिक रुपमा अगाडी बढेको छ । यद्यपि संस्थाले व्यवसायिकतालाई मात्र ध्यान नदिई सदस्यहरुको वित्तीय क्षमता बढाउन विभिन्न सिप तथा आयमुलक तालिम संचालन तथा व्यवस्थापन गरिएको छ । बचत लागातको आधारमा वित्तीय विश्लेषण गरि ऋणमा व्याज निर्धारण गर्ने गरेको छ जस्ले गर्दा आय व्ययमा सन्तुलन कायम गरिएको छ ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको विकृति विसंगति भित्र विशेष गरि व्यक्तिगत तथा पारिवारिक रुपमा चलाएका सहकारी संस्थाको संचालनमा देखिएका समस्याको कारणले सहकारी प्रति नसकारात्मक दृष्टिकोण राखेको छन् यद्यपि समुदायमा  रही व्यवस्थित तवरले सदस्य एवं संस्थाको हितका लागि खोलिएका हाम्रो जस्तो बचत तथा ऋण सहकारी  संस्थाको  वित्तीय अवस्था राम्रै रहेको प्रतिवेदनले देखाएको छ । अतः सहकारी संस्थामा आवद्ध सबै सदस्यहरुले संस्थामा नियमित वित्तीय कारोबार (बचत तथा ऋण) संस्थाको विभिन्न गतिविधिहरुमा सहभागि जनाई संस्था अगाडी बढाउन सहयोग गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै वित्तीय व्यवस्थापनमा प्रविधि प्रयोग गर्ने बढ्दो रहेकोले संस्थाले पनि डिजिटल कारोबार गर्ने गरि विभिन्न Products (Mobile banking, concent IPS, QR) संस्थाका सबै सदस्यहरुले प्रयोग गरि संस्थालाई समय सापक्ष अगाडी बढाउनका लागि सम्पुर्ण सदस्यहरुमा विनम्रता र्पुवक अनुरोध गर्दछु ।